दंगल : पहिलाे दिन ओभरसिजमा ११ करोड कमाई

dangalकाठमाडौं,  पुस (एजेन्सी) : बलिउड वर्ष २०१६ मा प्रदर्शनमा आएका कुश्तीमा बनेको अहिलेसम्मकै राम्रो फिल्म हो ‘दंगल’ ।  शुक्रबार प्रदर्शनमा आएको ‘दंगल’ आमिर खानको बहुप्रतिक्षित फिल्म हो ।

दंगल भारतभरीका ४ हजार ३ सय स्क्रिन्समा प्रदर्शनमा आएको छ । फिल्मले पहिलो दिन राम्रो कमाइ पनि गरेको छ ।

 फिल्मले अमेरिका, ब्रिटेन, अरब गरि भारतबाहिरका देशमा मात्र पहिलो दिन ११.४१ करोड कमाई गरेको छ ।  दंगलले ओभरसिजमा राम्रो सुरुवात गरेपछि फिल्मले बलिउड बक्सअफिसमा ४ सय करोड कमाउने आंकलन गरिएको छ ।

फिल्मको शानदार ओपनिङको कारण यसले सलमानको ‘सुल्तान’लाई पनि पछाडी पार्ने अनुमान गरिएको छ । यो भन्दा अघि आमिरको गजिनीले भारतमा १ सयकरोड, ३ इडियट्सले ३ सय करोड र पिकेले ४ सय करोड भन्दा बढीको व्यापार गरेको थियो ।

ओभरसिजमा दंगल करिब १ हजार स्क्रिन्समा रिलिज भएको छ। अमेरिका र क्यानडामा फिल्म बुधबारनै रिलिज गरिएको थियो।  यो भन्दा अघि आमिरको २०१४ मा रिलिज भएको ‘पीके’ले वर्ल्डवाइड करिब ७३५ करोड भारु कमाएको थियो।

यो फिल्मले राम्रो सामाजिक सन्देश दिन्छ र अभिनय–अभिनेताको कुरा गर्दा पनि यो वर्षकै सबै भन्दा निखारिएको चलचित्र हो ।

SHARE