द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार प्रहरीको नियन्त्रणमा

16
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : काठमाडौं माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान धर्ना स्थलबाट र्‍यालीसहित सिंहदरबारको मूलगेटतर्फ अगाडि बढ्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमबार बिहान सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढन खोजेका थिए । त्यसलाई रोक्ने क्रममा प्रदर्शनकारी उत्तेजित भएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रदर्शनकारीहरुले आपत्ति जनाएका छन ।

सुरक्षाकर्मीका सहिद परिवारलाई सरकारले न्याय दिनुको सट्टा लखेटने प्रयास गरेको भन्दै सो घटनाप्रति द्धन्द्ध पीडित सुरक्षाकर्मी परिवार संस्थाकी सदस्य दुर्गाकुमारी विश्वकर्माले आपत्ति जनाइन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्तानलाई निःशुल्क पढाउने व्यवस्था गर्ने तथा परिवारका एक जना सदस्यलाई अनिवार्य सरकारी नोकरी दिनेसहितको विगतमा गरिएको सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन काठमाडौंमा अनिश्चितकालीन धर्ना जारी राखेका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध धर्नासहितका विभिन्न कार्यक्रम जारी राख्ने चेतावनी दिँदै आएका छन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here