डडेल्धुरा, १४ वैशाख (ओएनएस) : चितुवाको छालासहित डडेल्धुरामा एक जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहले चितुवाको छालासहित डडेल्धुरा अमरगढी नगरपालिका ६ चिमरेका करिवरदत्त भट्टराईलाई पक्राउ गरेको हो। भट्टराई चितुवाको छाला बिक्रीका लागि हिँडिरहेका भनी गोप्य सूचनाका आधारमा बुधवार राति पक्राउ गरेको प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए। भट्टराईबाट करिब ८ फिट ईन्च लम्वाई र २ फिट चौडाई भएको चितुवाको छाला बरामद गरेको छ। चितुवाको छालासहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामार्फत जिल्ला बन कार्यालय डडेल्धुरालाई बुझाइएको छ।