इन्सपेक्टर र जवान घुससहित पक्राउ

528
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) :  सुर्खेतमा एक इन्सपेक्टर र एक जवानलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टाेलीले घुससहित पक्राउ गरेकाे छ। सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई आयोगको टाेलीले पक्राउ गरेकाे हाे ।

आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट १५ हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा इन्सपेक्टर श्रेष्ठसहित प्रहरी जवान लामिछानेलाई रंगेहात पक्राउ गरेको हो ।

श्रेष्ठले सुन पसल चोरीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियार सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले पक्राउ परेका दुवै जनामाथि विस्तृत अनुसन्धान भइरहेको बताए ।


  •  
  •  
  •