नेत्रहीन महिला क्रिकेट टिम स्वदेश फिर्ता

414
  •  
  •  
  •  

काठमाडौं, २४ माघ(ओएनएस) : पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट उपाधि जितेको नेपाली नेत्रहीन महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टिमलाई बिहीबार अपराह्न स्वागत गरिएको थियो । नेपाली क्रिकेट टिमलाई स्वागत गर्न राखेपका सदस्यसचिव केशवकुमार विष्ट विमानस्थल पुगेका थिए ।

स्वागत गरिएपछि नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष समारोहका बीच बिहीबारै सम्मान गरिएको छ ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज ४–१ ले जितेको थियो । सबै खेलमा गरी नेपालले एक मात्र विकेट गुमाउँदै ऐतिहासिक सफलता हात पारेको थियो ।


  •  
  •  
  •