महिला विश्वकपको उपाधिका लागि भारत र इग्ल्याण्ड भिड्दै

345
  •  
  •  
  •  

Cricket - Women's Cricket World Cup Final Preview - England & India Nets & Press Conference - London, Britain - July 22, 2017 England's Heather Knight and India's Mithali Raj pose with the trophy Action Images via Reuters/John Sibleyकाठमाडौं, ८ साउन (एजेन्सी) : आइसीसी महिला विश्वकपको उपाधिका लागि आज भारत र इग्ल्याण्ड विच प्रतिस्पर्धा हुनेछ ।

लण्डनमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजेबाट सुरु हुँदैछ । दुबै टीमले आफ्नो जित सुनिश्चित भएको दाबी गदै आएका छन् ।

जारी प्रतियोगतामा उत्कृष्ट ब्याटिङ लाइनअप रहेको इग्ल्याण्डले बलिङ र ब्याटिङ दुबैमा अब्बल देखिएकाले भारत विरुद्धको फाइनल खेल रोमाञ्चक हुने आशा गरिएको छ । लिग चरणमा इग्ल्याण्ड सात खेलमा छ मा जित र एक हार ब्यहोर्दै शिर्ष स्थानमा रहेको थियो ।

सेमिफाइनलमा उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस्तै लिग चरणमा सातमा पाच जित र दुई हार ब्यहोरेको भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई स्तब्ध बनाएको थियो ।

भारतकी मिथाइली राजको कप्तानीमा टीम मैदानमा छ । उनकै कप्तानीमा भारतीय टीम दुई पटक विश्वकपको फाइनलमा पुगेर विजयी भएको थियो ।


  •  
  •  
  •