नेत्रहीन महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्कंदै

29
  •  
  •  
  •  

काठमाडौं, २३ माघ(ओएनएस) : पाकिस्तानसँगको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जित्न सफल नेपाली टोली बिहीबार नेपाल फर्किंदै छन् ।

क्रिकेटर भगवती बरालले टोली बिहीबार नेपाल फर्कने र खेलकुद मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बताइन् ।

पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपाल सिरिज ४–० ले जित्न सफल भएको थियो ।

सिरीज जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पारेको छ । पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझाएको छ ।

यसैगरी सिरिजभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी बी टु क्याटेगोरीतर्फ उत्कृष्ट बनेकी छिन् ।

यस्तै नेपालकै मुना अर्याले बी वान क्याटेगोरीतर्फ र नेपालकी विनिता पुन बी थ्री क्याटेगोरीतर्फ उत्कृष्ट घोषित भइन् ।

तस्बिरमा हेर्नुहोस्

 

 

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here