नेपालगञ्ज, १ चैत (ओएनएस) : मधेसी मोर्चाले नेकपा (एमाले) को मेची–महाकाली अभियानलाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरेको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा सभा हुँदैछ । र, सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तर, मधेसी मोर्चाले भने एमालेको सभालाई लक्षित गरी बन्द गरेको छ, भने कार्यकर्ता बोक्न गएका गाडीलाई पनि अबरोध सृजना गरेको छ ।
एमालेको सभा नेपालगञ्जको रामलिला मैदानमा गर्ने तयारी भए पनि मोर्चाले अवरोध प्रयास गरेपछि सडक डिभिजन कार्यालयमा सारिएको छ ।