संरक्षण पुरस्कार कैलालीका ‘गुलेली बाजे’ लाई प्रदान

823
  •  
  •  
  •  

14407834_10206450240884203_1849881718_oकाठमाडौं, ७ असोज (ओएनएस) :  वन तथा भू–संरक्षण मन्त्रालयले यसवर्षको संरक्षण पुरस्कार कैलालीका भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ लाई प्रदान गरिएको छ ।

संरक्षण दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार गुलेली बाजेलाई प्रदान गरिन । उक्त पुरस्कारको राशी १लाख ५१ हजार रुपैयाँ रहेको छ ।

८२ वर्षीय गुलेली बाजे २ दशकदेखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा क्रियाशिल छन् । वन वातावरणका क्षेत्रमा क्रियाशिल गुलेली बाजे पछिल्लो समय कैलालीको कर्णाली, मोहना नदीमा पाईने दुर्लभ प्रजाति डल्फिनको संरक्षणमा लागेका छन् ।
उक्त पुरस्कारका लागि यसवर्ष देशभरबाट ६ जना संरक्षणकर्मीको नाम सिफारिस भएकोमा छनोट समितिले गुलेली बाजेलाई पुरस्कार दिने निर्णय गरेको थियो ।

गुलेली बाजे एकताका नामूद शिकारी हुन् । उनले कैलालीको थापापुर गाविस कटानपुर घर भएका गुलेलीबाजेले आफ्नो २ विगाह १३ कट्ठा जमिनमा निजी वन बनाएका छन् ।

२०६३ साल असोज ७ गते ताप्लेजुङ्गको घुन्सामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीहरूको सम्झनामा हरेक वर्ष असोज ७ गते संरक्षण दिवस मनाउने गरिन्छ ।


  •  
  •  
  •