बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

कांग्रेसले बनायो अनुशासन समिति, अन्तरघातीलाई कार्वाही गर्ने बाटो खुल्यो

चार नेता केन्द्रीय समितिमा मनोनित

ramesh rijal

काठमाडौं, ७ भदौ (ओएनएस) : नेपाली कांग्रेसले महाधिवेशन भएको करिब डेढ वर्षपछि अनशासन समिति गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि अनुशासन समिति गठन गरेका हुन् । समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य छन् ।

अनुशासन समिति गठन भएपछि अब पार्टी अनुशासन विपरित जान नेता तथा कार्यकर्तालाई कारबाही गर्ने बाटो खुलेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तासम्मले अन्तर्घातको प्रश्न उठाए पनि अनुसन्धान र कारबाही गर्ने निकाय केन्द्रीय अनुशासन समिति नहुँदा प्रक्रिया अघि बढेको छैन।

केन्द्रीय अनुशासन समितिले पार्टीका जुनसुकै तह वा निकायमा भएका नेता कार्यकर्तालाई कारबाही गर्न सक्छ तर त्यसको कार्यान्वयन केन्द्रीय समितिले गर्नुपर्ने हुन्छ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि अन्तर्घात भएको भन्दै आमोदप्रसाद उपाध्याय नेतृत्वको केन्द्रीय अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो। तर, केन्द्रीय समितिले पछि कसैलाई माफी दिने निर्णय गरेपछि कोही पनि कारबाहीमा परेका थिएनन्।

चार केन्द्रीय समितिमा मनोनित

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि आजै चार नेतालाई पार्टी केन्द्रीय कार्यसमिति सदस्यमा पनि मनोनित गरेका छन् । कन्द्रीय सदस्यमा हरिप्रसाद नेपाल, राधेचन्द्र यादव, अमृत अर्याल र ध्यानगोविन्द रञ्जित मनोनित भएका हुन् ।

Comments are closed.

'
Scroll To Top