बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

कांग्रेसद्वारा सात जिल्लाका उम्मेदवार छनोट (नामावलीसहित)

काठमाडौं, १ कात्तिक नेपाली कांग्रेस आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सात वटा जिल्लामा उम्मेदवारको  टुंगो लगाएको छ।

कांग्रेस संसदीय समितिको बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा उम्मेदवार चयन गरेको हो।

 कांग्रेसले ताप्लेजुङमा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाललाई टिकट दिएको छ, भने प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख) उम्मेदवार बनेका छन्।

पाँचथरमा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) छनोट भएका छन्।

सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख) को नाम उम्मेदवारमा टुंगो लागेको छ।

खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) ले टिकट पाउदा मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) को नाम उम्मेदवारमा टुंगो लागेको छ।

हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) उम्मेदवार बनेका छन्।

त्यस्तै, जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क)  र दीपकजंग शाह (ख)  उम्मेदवारमा छनोट भएका छन्।

Comments are closed.

'
Scroll To Top