अब सडक र सदनबाटै आन्दोलन गर्छौं : देउवा

535
  •  
  •  
  •  

काठमाडौं, ११ माघ(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षलाई पेलेको भन्दै अब सडक र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबारको संसद बैठकपछि प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पास गरियो यो मान्य छैन ।’

उनले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।
सर्वदलीय बैठकमा सभामुखले अवरोध भएमा बैठक स्थगित गर्ने भने पनि पेलेर विधेयक पास गरेको उनले आरोप लगाए ।
कांग्रेसको अस्तित्व मेट्न खोजेको भन्दै देउवाले यसलाई प्रतिकारसम्म हुन सक्ने बताए ।

सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको उनको आरोप छ ।

त्यस्तै कांग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाए ।

उनले पनि सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै कांग्रेसले सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘सरकार गोविन्द केसी मरेमरोस् भन्ने चाहान्छ । कम्युनष्टि सरकारले गरेको कामको विरोधमा कांग्रेस जे पनि गर्न सक्छ ।’


  •  
  •  
  •