कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० गते

16
  •  
  •  
  •  

काठमाडौं, २१ पुस(ओएनएस) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० गते बस्ने भएको छ ।

फाइल तस्बिर

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए ।

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि कांग्रेसको पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा कांग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here