कम्युनिष्ट शक्तिलाई कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिकाे चलखेल

384
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागेकाे बताएका छन्।

अध्यक्ष दाहालले शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघले शुक्रबार आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा कम्युनिष्ट शक्ति कमजोर पार्न ठूलो गिरहाे नै सक्रिय भएर लागेकाे बताए।

‘सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्टलाई कमजोर पार्न लागि उनले भने,‘ सोभियत संघ विघटनपछि इतिहासकै अन्त्य भयो भनेर प्रचार गरियो । तर उनीहरुले त्यसो भनिरहेकै बेला नेपालमा अहिले कम्युनिष्टको बहुमत आएको छ । दुई तिहाईको सरकार बनेको छ । त्यो उनीहरुको लागि आश्चर्य भएको छ ।’

अध्यक्ष दाहालले नेपालमा कम्युनिष्टहरुको गतिविधि अहिले विश्वभर प्रेरणादायी रहेको जिकिर गरे।


  •  
  •  
  •