कोलम्बिया पेनाल्टी सुटआउटमा पराजित, इंग्ल्यान्डको भेट स्विडेनसँग पक्का

428
  •  
  •  
  •  

२० असार – जारी विश्वकपमा कोलम्बिया इंग्ल्यान्डसँग पराजित भएको छ ।

अन्तिम १६ को अन्तिम खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरिमा भए पछि खेल थप समय धकेलिएको थियो तर थप समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
यस हारसँग कोलम्बिया घर फर्कने भएको छ भने इंग्ल्यान्डले स्विडेनसँग क्याटरफाइनमा भेट पक्का गरेको छ ।

निर्धारित समयको ५७औँ मिनेटमा इंग्ल्यान्डका ह्यारि केनले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेल इंग्ल्यान्डले जित्यो भनेर सबैले अनुमान गरिरहेको बेला थप गरेको समयको तस्रो मिनेटमा बार्सिलोनाका डिफेन्डर यरि मिनाले उत्कृष्ट हेडिङ गोल गरेपछि निधारित समय बराबरिमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डका लागि ह्यारी केन, डियर, ट्रिपियर र रास्फोडले गोल गर्न सफल भए भने जोर्डन हेन्डर्सको प्रहारलाई कोलम्बियाका गोलकिपरले बचाए।

यस्तै कोलम्बियाका लागि कप्तान फाल्काओ, काउडार्डो र मुरिलले पेनाल्टीमा गोल गरे। तर बाकाको प्रहारलाई इंग्लिस गोलकिपरले विफल पारे भने उरिबेको प्रहार क्रसबारमा लागेपछि कोलम्बिया घर जान बाध्य भयो ।


  •  
  •  
  •