मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

प्रधानमन्त्री देउवा विहानै बालुवाटार सरे

deuba
काठमाडौं, ५ असार (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सरेका छन् । शुभसाइत हेरेर ज्योतिषीको सल्लाहमा देउवा विहानै बालुवाटार सरेका हुन् ।

बालुवाटार प्रवेश गरेपछि उनले पूजापाठ समेत गरेका छन् । जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएर २४ गतेनै सपथ ग्रहण गरेका देउवा १३ दिनपछि बालुवाटार सरेका हुन् । यो बीचमा उनी बुढानिलकण्ठस्थित निजी निवासमा बस्दै खाएका थिए । 

देउवा बालुवाटार प्रवेश गरेपछि नेपाली सेनाले सम्मानमा सलामी अर्पण गरेको छ । देउवा प्रधानमन्त्री निर्वाचित हुनेवित्तिकै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटार छोडेका थिए । देउवा सर्नुअघि बालुवाटार रंगरोगन पनि गरिएको छ ।

Comments are closed.

'
Scroll To Top