बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

कोलोराडोमा नेवारी समुदायले मनाए इन्द्र जात्रा

samaya
कोलोराडो, १ असोज (ओएनएस): इन्द्रजात्राको उपलक्ष्यमा कोलोराडोबासी नेपाली नेवारीले इन्द्रजात्रा सम्पन्न गरेका छन् । नेवारी समुदाय एकै ठाउँमा भेलाभई समयवजी खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै इन्द्रजात्रा मनाएका हुन् ।

कोलोराडोस्थित ईरि पार्कमा घर घरबाट समयबजी तयार पारेर ल्याई त्यसको प्रदर्शन गरी एक आपसमा भलाकुसारी गर्दै उनीहरुले आफ्नो परम्परागत संस्कृतीअनुसार जात्रा मनाएका हुन् ।

नेवारी धर्मशास्त्र अनुसार समयवजी चिउरा, भटमास, मासु, अदुवा र रक्सीलाई पञ्च तत्व मानिन्छ । समारोहमा नेवारी पुरोहित बिरेन्द्रराज उपाध्ययले समयबजी खाई कार्यक्रमको सुरुवात गरेका थिए । 

समयवजी खानाले रोग ब्याधीले आक्रमण गर्न नसक्ने र आफूले आटेको कुरा पुग्ने तथा कतै साईत गर्दा यसलाई सगुनको रुपमा प्रयोग गरिने चलन रहेको स्थानीय भुषणलाल श्रेष्ठले बताए । त्यसैले नेवारी समुदायमा हरेक शुभ कार्यमा समयवजी तयार परिन्छ ।

Comments are closed.

'
Scroll To Top