चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज

355
  •  
  •  
  •  

chudamadi
काठमाडौं, ८ साउन (ओएनएस) : कर फच्र्योट आयोगका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज हुँदैछ ।

शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गर्दैछ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हासहितको बृहद् पूर्ण इजलासले आज यसमा सुनुवाई गर्नेछ ।

यसअघि कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यसको सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश दिएको थियो ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।


  •  
  •  
  •