टी–२० मा एक हजार रन बनाएर कीर्तिमान राखे गेलले

288
  •  
  •  
  •  

Chris Gayleकाठमाडौं, ६ वैशाख (एजेन्सी) : वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा १० हजार रन पुर्याउदै कीर्तिमान कायम राखेका छन्। टी–२० मा १० हजार रन पुर्याउने गेल नै पहिलो क्रिकेटर हुन्।

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गेलको कीर्तिमानी ब्याटिङका कारण रोयल च्यालेञ्जर्स बेङ्लोरले गुजरात लायन्सलाई हराएको हो।

गेलले २ सय ९० टी–२० प्रतियोगितामा ४०–६२ को औसतमा कुल १ हजार ७४ रन बनाएर कीर्तिमान कायम गरेको बीबीसी हिन्दीले जनाएको छ। उनको स्ट्राइकको रेट १४९–५१ रहेको छ।

उनले आफ्नो टी–२० को खेल जीवनमा १८ शतक, ६१ अर्धशतक,७ सय ६९ चौका र ७ सय ४३ छक्का बनाए। वेस्ट इण्डिजका गेल टी–२० क्रिकेटका सबैभन्दा विध्वंसक खेलाडी मानिन्छन।

गेलको कीर्तिमानमा बेङ्गलोरले गुजरातलाई २१ रनले पराजित गर्यो।

बेङ्लोरले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९२ रन मात्रै बनाउन सक्यो । गुजरातका ब्रेण्डम म्याकुलमले ७२, इशान किशनले ३९ तथा कप्तान सुरेश रैना र रवीन्द्र जडेजाले २३÷२३ रन बनाए।
बेङ्लोरका युजवेन्द्र चहलले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बङ्लोरले २ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो। बेङ्लोरका लागि क्रिस गेलले ३८ बलमा ७ छक्का र ५ चौकाको मद्दतमा ७७ तथा कप्तान विराट कोहलीले ५० बलमा ७ चौका र एक छक्काको मद्दतमा ६४ रन बनाए।

केदार जाधवले नटआउट ३८ तथा ट्रेविस हेडले नटआउट ३० रन बनाए। 


  •  
  •  
  •