नबील बैंकको काउन्टरबाट चाेरी गर्ने पक्राउ

589
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : नबील बैंकको काउन्टरबाट चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ६० हजार रुपैयाँ चाेरेकाे अाराेपमा रमेश सुनुवारलाई पक्राउ गरेको हो।

भौचर भर्न लागेको अवस्थामा उनले झुक्याएर पैसा चोरी गरेकाे बैंकले जनाएकाे छ। सिसिक्यामराको सहयोगमा प्रहरीले सुनुवारलाई पक्राउ गरेको हाे। सुनुवारले गत आइतबार नबील बैंकको महाराजगञ्ज शाखाबाट ६० हजार रुपैयाँ चोरी गरेका हुन्। महाराजगञ्ज वृत्तले चोरी मुद्दामा कारबाही अघि बढाएको छ।


  •  
  •  
  •