ल्यापटप चाेर्ने गिरहाे पक्राउ

84
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : लामो समयदेखि ल्यापटप लगायत इलोक्ट्रिोनिक सामान चोरी गर्ने एक गिरहाेलाई संखुवासभा प्रहरीले पक्राउ गरेकाे छ ।
गिरहाेमा संलग्न तीन जनालाई खाँदबारी नगरापलिकाबाट प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका- ७ का १९ वर्षका विकास भनेर चिनिने पूर्णकुमार श्रेष्ठ, मकालु गाउँपालिका- ३ का १७ वर्षका अरुणकुमार राई र सिलिचोङ गाउँपालिका- ४ का १७ वर्षका अर्जुन राई रहेका छन्।
खाँदबारी नगरपालिका- ७ मा रहेको  मंगलादेवी माध्यमिक विद्यालयबाट उनीहरुले ल्यापटप लगायत इलोक्ट्रिोनिक सामान चोरी गरेका हुन्। विद्यालय प्रशासनले ल्यापटप चोरी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएपछि प्रहरीले साेही उजुरीकाे अाधारमा अनुसन्धान गर्दै जादाँ उक्त गिरहाेकाे संलग्नता देखिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
विद्यालयकाे तीनवटा ल्यापटप, एक थान वाइफाई राउटर र दुई थान मोवाइल सेटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। गत फागुन १ गते रातको समयमा विद्यालयको ढोका फोरेर उनीहरूले तीन थान ल्याप्टप र राउटर चोरी गरेका थिए।  बरामद गरिएका ल्यापटप र राउटर सोही विद्यालयलाई र मोवाइल सम्बन्धित व्यक्तिलाई दिइएकाे मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे । चाेरीमा संलग्न तीनै जनालाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  •  
  •  
  •