नेपाललार्इ सिक्किमिकरण गर्ने ‘ग्रान्ड डिजाइन’ : अध्यक्ष केसी

543
  •  
  •  
  •  

chitrabahadur_kcकाठमाडौं, २२ पुस (ओएनएस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको अखिण्डता र राष्ट्रियता जनताले मात्र बचाउन सक्ने बताएका छन् ।

राजधानीको प्रदर्शनीमार्गमा आयोजित प्रतिपक्षी दलको सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाललाई सिक्मिकरण गर्न पहाडबाट तराईका जिल्ला अलग गरिन लागिएको बताउँदै सिक्किमिकरण गर्ने ‘ग्रान्ड डिजाइन’ भएको बताए ।

‘नेपाल भनेको हिमाल हो, पहाड हो, तराई पनि हो,’ उनले भने, ‘९० प्रतिशतले बनाएको संविधान १० प्रतिशतका लागि संशोधन गर्नुपर्ने यो कस्तो लोकतन्त्र हो ?’
‘नेपाली जनता सिक्किमीकरण भोग्न तयार छैनन्, यो आजको प्रदर्शनले देखाएको छ,’ केसीले भने ।

अध्यक्ष केसीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि भारतलाई चेतावनी दिए ।


  •  
  •  
  •