गज्जबको अफरः जति छोटो स्कर्ट, त्यति धेरै छुट

577
  •  
  •  
  •  

miniskirt-discountकाठमाडौ, जेठ(एजेन्सी) : चीनको एक रेष्टुरेन्टमा ग्राहकहरूलाई लोभ्याउनका लागि एक गज्जबको अफर ल्याएको छ । रेष्टुरेन्टले युवतीहरूले जति छोटो स्कर्ट लगाएर आउँछन् त्यति धेरै छुट दिने अफर ल्याएको छ । पूर्वी चीनको जिनान शहरमा रहेको यांग जिया हटपट रेष्टुरेन्टमा पुग्ने महिला तथा युवती ग्राहक पुगेपछि रेष्टुरेन्टका कर्मचारी उनको स्कर्ट नाप्ने गर्छन् । यस अनुसार नै उनीहरूले छुट पाउँछन् ।

कर्मचारीहरू इन्ची टेप लिएर बसेका हुन्छन् र महिलाको स्कर्ट उनको घुँडाबाट कति माथी छ भनेर नाप्ने गर्छन् । स्कर्ट यदी घूँडाभन्दा ३ इन्च माथी छ भने ती महिलालाई २० प्रतिशत छुट दिइन्छ भने घुँडाभन्दा २० इन्च माथि छ भने ९० प्रतिशत छुट हुन्छ । उक्त रेष्टुरेन्ट स्वादिष्ट खानाका लागि चर्चित छ । यस अफर पछि रेष्टुरेन्टमा भीड बढेको छ ।

यस्तो अफर गत हप्तादेखी नै लागू भएको हो । रेष्टुरेन्टका मालिक ईशन यांगले मन्दीका कारण आफूले यस्तो अफर ल्याएको बताएका छन् ।


  •  
  •  
  •