चीन भ्रमणबारे सदनमा अाेलीले भने- ‘सबै सम्झौता मुलुकको वृहत्तर हित हुन्छ’

109
  •  
  •  
  •  

काठमाडौँ, ४ असार (ओएनएस) : मंगलबारदेखि ६ दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्। ु

प्रधानमन्त्रीले चीनले हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गरेको र कमजोर भएको बेलामा पनि हामीलाई धेरै क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले भने,’आफ्नो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध सुदृढ भएकाले अब छिमेकी मुलुक चीनसँगकाे सम्बन्ध पनि थप उचार्इमा पुर्याउन याे भ्रमण उपयाेगी हुनेछ ।आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेक्रममा प्रधानमन्त्रीले भारत भ्रमणको प्रसंग उठाउँदै चीन भ्रमणबारे प्रष्ट पारेका थिए।

प्रधानमन्त्री ओलीले भने, ‘म यो गरिमामय सदनलाई विश्वास दिलाउन चाहन्छु, मेरो भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी र छलफलहरु जे हुन्छन्, ती सबै मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गरिने छ।’

आफ्नै प्रयासबाट मात्रै सम्भव नभएकाले छिमेकीहरुको सहयोगबाट विकास र समृद्धिको बाटोमा देशलाई लैजानुपर्ने प्रधानमन्त्रीले बताए।


  •  
  •  
  •