कहिले जाँदैछन् नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा

13
  •  
  •  
  •  

काठमाडौं,२५ साउन (ओएनएस) : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौमा भारत भ्रमणमा जाने भएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएपछि उनकाे भदाैँ तेस्रो साता भारत भ्रमणमा जाने टुङ्गाे लागेकाे हाे।

उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् ।
प्रचण्डकाे भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे स्राेतले जनाएकाे छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here