चीनले गर्‍यो सुपरसोनिक विमानकाे परीक्षण, अन्य यी दुर्इ देशसँग पनि छ यस्ताे विमान

31
  •  
  •  
  •  

काठमाडौं,२२ साउन (एजेन्सी) : चीनले पहिलोपटक अत्याधुनिक शक्तिशाली युद्धक विमानको परीक्षण परीक्षण गरेको छ । अत्याधुनिक शक्तिशाली युद्धक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण भएको सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको हो ।

सीएएएका अनुसार सुपरसोनिक विमान त्यसलाई भनिन्छ जो आवाजको गतिभन्दा पाँच गुणा बढी वा त्योभन्दा पनि धेरै रफ्तारका साथ उड्दछ ।

यो युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिन्छ । सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स ९सीएएए०का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए

चीनको सरकारी मिडियाका अनुसार सुपरसोनिक विमान परीक्षण पूर्णरुपमा सफल भएको छ । सुपर सोनिक विमानको डिजाइन सीएएएले चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर तयार पारेको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here