पाँच वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ६ जना पक्राउ

21
  •  
  •  
  •  

रूपन्देही, २२ मंसिर (ओएनएस) । रूपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

देवदह नगरपालिकाको खैरेनीमा दलित समुदायकी ५ वर्षीया बालिकामाथि शुक्रबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका हुन् ।

आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको समयमा बालिकालाई ललाई फकाइ घर नजिकैको टहरोमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बालिका टहरो नजिकै रक्ताम्य अवस्थामा भेटिएकी थिइन् । पक्राउ परेकामध्ये दुई जना बलात्कारमा संलग्न भएको पुष्टि भएको र अन्यमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

पक्राउ पर्नेमा देवदह–६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्री छन् । उनीहरुले बालिका बलात्कार गरेको स्वीकारेका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय राजु परियार, बोधे विक र दिनेश विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकालाई थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here