दीपक–दीपाको ‘छक्का पञ्जा’ ले मनायो ५१औं दिन

447
  •  
  •  
  •  

chhakka-panjaकाठमाडौं, १३ कार्तिक (ओएनएस) : दिपाश्री निरौलाकोे डेब्यु निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ ले ५१ औं दिन मनाएको छ ।

गत भदौ २४ गतेबाट देभैरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले ५१ औं दिन मनाएको हो । ‘छक्का पञ्जा’ले ५१ औं दिन मनाएको खुशियालीमा शक्रबार चलचित्रका कलाकार र निर्माणपक्ष सिनेमा घरमा पुगेका थिए ।

शनिबार विहान पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेका उक्त चलिचित्रका कलाकारहरूले पशुपति परिसरबाट ब्यान्ड बाजा बजाउँदै विभिन्न सिनेमा घर पुगे ।

हाँस्य कलाकारहरुको भीड नै रहेको ‘छक्का पञ्जा’ मा दीपासँगै निर्माता दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् । ‘छक्का पञ्जा’ बैदेशिक रोजगारीले निम्त्याउने समस्या सिनेमाको मुख्य कथानक हो ।

पछिल्लो समय कमै मात्र सिनेमाले ५१ औं दिन मनाउने गरेका छन् । छक्का पन्जा’ले नेपालको इतिहासमै सर्वाधिक व्यापार गरेर चलचित्रको रेकर्ड बनाएको छ ।


  •  
  •  
  •