चेन्नई पुनः शीर्ष स्थानमा, बेङ्ग्लोर पनि विजयी

299
  •  
  •  
  •  

काठमाडौ, २८ बैशाख(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपिएल)मा आइतबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स विजयी भएका छन् । बेङ्ग्लोरले मुम्बई इण्डियन्सलाई ३९ रनले र चेन्नईले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको थियो ।

ab and kohliआइतबार सम्पन्न पहिलो खेलमा बेङ्ग्लोरले दिएको २ सय ३६ रनको विजय लक्ष्य पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९६ रनमा समेटिएको थियो । मुम्बईलाई उक्त स्कोरसम्म पुर्याउनका लागि लेन्डिल सिम्मोन्सले अविजित रहँदै सर्वाधिक ६८ रन जोडेका थिए भने किरन पोलार्डले ४९ रन जोडेका थिए । मुम्बईलाई उक्त स्कोरमा समेट्नका लागि हर्सल पटेल र युजभेन्द्र चाहलले समान २-२ विकेट लिएका थिए भने मिचेल स्टार्क र श्रीनाथ अरविन्दले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको बेङ्ग्लोरले एबी डिभिलियर्सको आकर्षक शतकीय पारीको मद्धतले २ सय ३५ रन जोडेको थियो । ५० बलमा ८२ रन जोडेका कप्तान विराट कोहलीसँग दोस्रो विकेटकालागि २ सय १५ रनको साझेदारी गरेका डिभिलियर्सले ५९ बलमा १ सय ३३ रन जोडेका थिए । कोह्ली र डिभिलियर्स दुवै अविजित रहे । मुम्बईका लागि १ मात्र विकेट लासिथ मलिंगाले लिएका थिए । खेलको म्यान अफ दी म्याच एबी डिभिलियर्स घोषित भएका थिए ।

CSKयस्तै, दोस्रो खेलमा १ सय ५८ रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा आफ्ना ९ विकेट गुमाउँदै मात्र १ सय ४५ रन जोड्न सफल भयो । उसकालागि शेन वाटशनले २८ रन, सन्जु सामसनले २६ रन र अजिक्य रहाणेले २२ रन जोडेका थिए । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा रवीन्द्र जडेजाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारे भने मोहित शर्माले ३ विकेट र ड्वेन ब्राभोले २ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा आफ्ना ५ विकेट गुमाउँदै १ सय ५७ रन जोडेका थिए । उसका लागि ब्राण्डम म्याकुलमले ६१ बलोमा ८१ रन जोडेका थिए भने फाफ डु प्लेसिसले २९ रन जोडे । राजस्थानका लागि क्रिस मोरिसले ३ विकेट र अन्कित शर्माले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच रवीन्द्र जडेजा घोषित भएका थिए ।


  •  
  •  
  •