बाेक्सी प्रकरणमा पीडककाे बचाउ गरेका मेयर चौधरीमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ

855
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिए। चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। उनको हाल कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।

घरमै बसिरहेका बेला सोमबार साँझ अचानक चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए।

घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको थियो ।

२० वर्षीया राधा चौधरीमाथि कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई जनकारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेयरमाथि गोली हान्नेहरु विप्लवकै कार्यकर्ता भएको खुलेको प्रहरी स्रोतले बताएको छ। पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन।


  •  
  •  
  •