ठुलो परिमाणमा चरेससहित दुई युवा पक्राउ

380
  •  
  •  
  •  

काठमाडौं,१४ माघ (ओएनएस): ठुलो परिमाणमा चरेससहित दुई युवालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । झण्डै ५० किलो चरेससहित प्रहरीले ती युवाहरुलाई माडी गाउँपालिका–३ घर्तीगाउँ बजारबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले आइतबार बिहान ३ बजे थबाङ गाउँपालिका–३, का २२ वर्षिय शेरबहादुर बुढा र सोही ठाउँका २२ वर्षिय प्रश्न बुढालाई उनकै घरबाट चरेससहित पक्राउ गरिएको रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फूँयालले बताए । पक्राउ पेरका दुवै जना इलाका प्रहरी कार्यालय घर्तीगाउँको नियन्त्रणमा रहेका छन् ।


  •  
  •  
  •