विश्वविद्यालयमा भएको अनियमितता छानविन गर्न समिति गठन

एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाइसक्नुपर्ने
622
  •  
  •  
  •  

काठमाडौं, २ माघ(ओएनएस) : कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भनिएको अनियमितता छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको गरिएको छ ।

प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । उक्त समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारी सदस्य रहेका छन् ।

समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विराज भट्टले आर्थिक र नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यस्तै उनीहरुले कार्यकारी परिषदको निर्णय विपरित काम गरेको, पदीय जिम्मेवारीविपरित काम गरेर विश्वविद्यालयलाई हानी पु¥याएको, इमान्दारीपूर्वक काम नगरेको आरोप छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा दैनिक प्रशासनिक बाहेकका अन्य कुनै पनि काम नगर्न निर्देशन दिइसकेका छन् ।


  •  
  •  
  •