साफ महिला च्याम्पियनसीपमा नेपाल पर्‍याे समूह ‘ए’ मा

40
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेकाे छ। आगामी पुस २ देखि ११ गतेसम्म हुने उक्त च्याम्पियनसीप फुटबल खेलमा नेपाल समूह ‘ए’ मा परेको हाे ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्।

भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन ।


  •  
  •  
  •