चालू आवभित्र सबै वित्तिय स्रोत हस्तान्तरण हुन्छ : अर्थमन्त्री खतिवडा

23
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर(ओएनएस) । अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने वित्तिकै सरकारले ठूला विकास आयोजनाको काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संरचना निर्माण नभएकाले ठूला विकास आयोजनाको काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको बताए ।

बैठकमा समितिका सदस्यहरुले वित्तिय स्रोत किन प्रदेश र स्थानीय तहका लागि पर्याप्त व्यवस्था नगरेको भनि प्रश्न गरेका थिए । प्रश्नाको जवाफमा मन्त्री खतिवडाले स्थानीय तह व्यवस्थित हुँदै जाने र त्यससँगै उनीहरुलाई सबै वित्तिय स्रोत हस्तान्तरण गर्ने योजना रहेको बताए ।

स्थानीय र प्रदेशमा देखिएको करसम्बन्धि विवाद समाधान गर्न आगामी आईतबार अन्तर सरकारी समन्वय परिषदको बैठक बोलाइएको समेत खतिवडाको भनाइ छ ।

उनले चालू आर्थिक वर्ष भित्र संविधानले व्यवस्था गरे अनुसारका सबै वित्तिय स्रोत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भईसक्नेमा जोड दिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here