शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

यो कस्तो कुर्सी ? जसले ६३ जनाको ज्यान लिइसकेको छ !

यो कस्तो कुर्सी ? जसले ६३ जनाको ज्यान लिइसकेको छ !

काठमाडौं, कार्तिक (एजेन्सी) : इङ्ल्यान्डको थर्कस् म्यूजियममा जमीन भन्दा ६ फुटमाथि एक कुर्सी टाँगिएको छ । हेर्दा सामान्य देखिने यो कुर्सी वर्षाैदेखि टाँगिएको छ ।

कुर्सीलाई किन टाँगियो ? किनकी यो कुर्सीमा कोही पनि बस्ने हिम्मत गर्दैनन् । जसले बस्ने हिम्मत गरे उनले आँखा पनि खोल्न पाएनन् ।
यो कुर्सी थाम्मस बस्बी नामका शख्सलाई एकदमै मनपर्थाै । अक्सर यो कुर्सीमा आफ्नो धेरैभन्दा धेरै समय विताउथेँ । तर, उनले १७०२ मा उक्त कुर्सीमा आफ्ना ससुराको हत्या गरिदिए । थामसले किन आफ्नै ससुराको हत्या गरे ? किनकी उनका ससुरा उक्त कुर्सीमा बसेका थिए । थामस उक्त कुर्सीमा अरु कोहीलाई पनि बस्न दिदैनथे ।

भन्ने गरिएको छ कि उत्त, कुर्सीमा बस्दा अहिलेसम्म ६३ जनाको मृत्यु भइसकेको छ । यो कुर्सी दोस्रो विश्वयुद्धताका राखिएको थियो । जसलाई मानिसहरुले हट सीटका नामले चिन्दथे । तर ,मानिसहरुले समीक्षा गरे कुर्सीमा बस्नेहरु युद्धबाट फिर्ता आएनन् ।

त्यसपछि के भनिन् थालियो भने थामसले उक्त कुर्सीलाई श्राप दिएका थिए । यो कुर्सी जोसँग जान्छ त्यसको मृत्यु हुनेछ । यति धेरै मानिसको मृत्यु भएपछि उक्त कुसीलाई ‘श्रापित’ घोषित गरिएको छ ।

Comments are closed.

'
Scroll To Top