शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

विश्व

Feed Subscription

बार्सिलोनामा आतंकबादी आक्रमण, १३ को मृत्यु

barsilona

बार्सिलोना, २ भदौ (एजेन्सी) : स्पेनको बार्सिलोनामा विहीबार आतंकबादी हमला भएको छ । निकै घुइँचो रहको मानिसको भीँडमा हमलाकारीले तिब्र गतिमा चलाएको कारले १३ जनाको ज्यान लियो । घटनामा एक सय जना बढी घाइते भएका छन् । क्षेत्रीय क्याटेलन पुलिसकाअनुसार घाइतेहरुमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा संलग्न चार जना आतंकबादी प्रहरीद्वारा मारिएका छन् । ... Read More »

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोली हानाहान

army

काश्मिर, १ भदौ (एजेन्सी) : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको भएको छ ।  दुवै देशका सैनिकबीच गोली हानाहान भएपनि क्षति भने दुवै तर्फ नभएको भारती सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ । सो क्षेत्रमा बुधबार बिहान ... Read More »

बिहारमा बाढीको वितण्डा : ५६ जनाको मृत्यु, ७० लाख बढी प्रभावित

bihar

बिहार, ३२ साउन (एजेन्सी) : यसपटक नेपालसंगै भारतका पनि विभिन्न ठाउँ डुबानमा फसेका छन् । नेपाल भारत सीमा क्षेत्रका नदीहरुमा आएको बाढीका कारण भारतको बिहारको भू–भाग डुबानमा परेको छ । बिहारमा बाढी र डुबानमा परी ५६ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले जनाए अनुसार, बाढीका कारण करिब ७० लाख प्रभावित भएका छन् । १३ जिल्लाका १०७० गाउँ पञ्चायलतहरु डुबानमा ... Read More »

पारमाणविक कार्यक्रम पुनः सुरु गर्ने इरानको चेतावनी

irani president

काठमाडाैं, साउन (एजेन्सी) : इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले थप प्रतिबन्धहरु लगाएमा आफ्नो मुलुकले ‘केही घण्टाभित्रै’ पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएका छन्। अबका पारमाणविक कार्यक्रम सन् २०१५ मा सीमित पारिएको अवस्थाभन्दा बढी आधुनिक हुने उनले बताए। शक्ति राष्ट्रहरुसँगको एउटा सम्झौतापछि इरानले आफ्नो पारमाणविक कार्यक्रम सीमित पारेको थियो। आफ्नो बलेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लक्षित गरी अमेरिकाले लगाएका प्रतिबन्धहरु सम्झौता विपरीत रहेको इरानको ... Read More »

रेष्टुरेन्टमा बन्दुकधारीद्वरा आक्रमण, १७ को मृत्यु

attack-

काठमाडाै‌ं, एजेन्सी : आइतबार साँझ बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १७ मारिएका छन् । उक्त हमलामा अन्य आठ जना घाइते भएको बुर्किनाफासोको सरकारले विज्ञप्तिमार्फत जनाएको छ । आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो । सो क्षेत्रका ... Read More »

इजिप्टमा रेल दुर्घटना : ४१ जनाको मृत्यु

rail

एजेन्सी, २८ साउन (एजेन्सी) : इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल एक–आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । तटीय शहर एलेक्जान्ड्रियामा भएको दुर्घटनामा परि १ सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । ... Read More »

उत्तर काेरियाले धम्की दिन जारी राखे उसले विध्वंश देख्छ : ट्रम्प

donald_trump

काठमाडौं, साउन (एजेन्सी) : उत्तर कोरियाको धम्कीपछि अमेरिकाले धम्की नदिन अनुरोध गर्दै सचेत गराएको छ । गुआम टापुमा हमला गर्न धम्कि दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई धम्की दिन जारी राखे उसले विध्वंश देख्ने प्रतिक्रिया दिएका छन्। उनले अहिलेसम्म दुनियाले नदेखेको विध्वंश मच्चाउने चेनावनी दिए । ट्रम्पको जवाफबारे थप स्पष्ट पर्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अमेरिकालाई उत्तर कोरिअको तुरुन्तै ... Read More »

चीनमा चौबिस घण्टामा दुई भूकम्प : १०० जनाको मृत्यु, करिब डेढ लाख घरमा क्षति

china

काठमाडौँ, २५ साउन (एजेन्सी) : चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ। पछिल्लो भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ। भूकम्पले पुर्याएको क्षतिको पू्र्ण खबर प्राप्त भएको छैन। त्यस अघि दुर्गम हिमाली भेगमा ७ म्याग्नीच्यूडको भूकम्प जाँदा कैयौं मारिएका र घाइते भएका छन्। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार छिरलिएको जनसंख्या रहेको चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा ... Read More »

मलेसियामा आतंकवाद विरोधी अभियानमा ४०० जना पक्राउ

malesiya

काठमाडौं, साउन (एजेन्सी) : मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली ... Read More »

अमेरिकाको नाकाबन्दीले वार्ताको सम्भावना झन टर्यो : उत्तर कोरिया

uttar

काठमाडौं, साउन (एजेन्सी) : संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ । उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ । उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । ... Read More »

'
Scroll To Top