दुर्इ महिला नेतृसहित चार कार्यकर्तामाथि मुद्दा दर्ता

61
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : सिरहामा नेकपाका दुर्इ महिला नेतृसहित चार कार्यकर्तामाथि प्रहरीले मुद्दा दर्ता गरेकाे छ। लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका उनीहरुमाथि सिरहा प्रहरीले भदाैँ १ गतेदेखि लागू भएकाे नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेकाे हाे।

सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो ।

गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक प्रहरी(डीएसपी) नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।


  •  
  •  
  •