शनिबार, आषाढ १०, २०७४ | Saturday, June 24, 2017
न्युज अपडेट

राष्ट्रिय बिदाको पुनरावलोकन गर्ने मन्त्रिपरिषदको निर्णय

विद्यालय पुनर्निर्माण गर्न करारमा कर्मचारी नियुक्तिको अनुमति

prachand–cabinetकाठमाडौं, २७ पुस (ओएनएस) : सरकारले राष्ट्रिय बिदाकाे पुनरावलोकन गर्ने भएकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृहमन्त्रालयलाई १ महिनाको समय दिइएको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने ? भन्नेबारे सुझाव पेश गर्न गृहमन्त्रालयलाई १ महिनाको समय दिइएको हो ।

पृथ्वीजयन्तीमा विदा नदिइएको भन्दै सरकारको चर्काे आलोचना भइरहेका बेला बुधबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बिदा पुनरावलोकनका लागि सुझाव पेश गर्न गृहलाई १ महिनाको समय दिएको हो ।

विद्यालय पुनर्निर्माण गर्न करारमा कर्मचारी नियुक्तिको अनुमति
यसैगरी, सरकारले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिका लागि अनुमति दिएको छ ।

बैठकले विद्यालय पुनर्निर्माणका लागि १ वर्ष करार अवघि राखेर कर्मचारी नियुक्ति गर्न अनुमति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यसअघि सरकारले करारमा कर्चारी नियुक्तिका लागि अनुमति नदिँदा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुर्निर्माणमा ढिलार्इ हुँदै आएको छ ।

Comments are closed.

'
Scroll To Top