बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

रोल्पा–दिल्ली सिधा बस सेवा

rolpa-busरोल्पा, ३० असोज–रोल्पा सदरमुकाम लिवाङबाट भारतको राजधानी नयाँदिल्लीका लागि सिधा बस सेवा सुरु भएको छ।
यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले बस सेवा सुरु गरेको हो।

हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँदिल्लीका लागि बस सेवा सुरु गरिएको छ।

त्यस्तै, हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जनाएको छ।

यसअघि सो प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा दिँदै आएको छ। प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ।

Comments are closed.

'
Scroll To Top