हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’लाई

36
  •  
  •  
  •  

भरतपुर, पुस(ओएनएस) : यस वर्षको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’ले जितेको छ ।

चितवनको सौराहामा जारी १५ औँ हात्ती महोत्सवमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको ‘बिजुलीकली’ले उपाधि हात पार्न सफल भएको हो ।

प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फस्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेन्ड रनरअप १९ वर्षकी अलिशाकली भइन् ।

हात्तीको सरसफाइ, शृंगार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याकंन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।


  •  
  •  
  •