बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

बु्ढीगण्डकी आयोजनाको सम्झौता पत्र खारेज

काठमाण्डौ, २७ कात्तिक (ओएनएस): बु्ढीगण्डकी  आयोजना बनाउन चिनियाँ कम्पनीसंग भएको सम्झौता सोमवार बसेको मन्त्री परिषदको निर्णयले खारेज गरेको छ ।

मन्त्रीपरिष्दको बैठकले गत जेठमा चिनियाँ कम्पनी गेजुवासंग भएको सम्झौता खारेज भएको कुरा उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले ट्वीट गरेर जानकारी गराएका छन । उपप्रधान तथा उर्जा मन्त्री थापाले आफुले संसदिय समितीको निर्णय अनुसार नै सम्झौता खारेज गरेको जनाएका छन् । कुल १ हजार २ सय मेगावाट क्षमता भएको आयोजनाको सम्झौता तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । लगानी समेत जुटाउने नाममा भएको उक्त योजनाको अनियमित र हचुवा ढङगबाट अघि बढाएको भन्दै सम्झौता खारेज गरेको जनाएको छ । हाल बुढीगण्डकी आयोजनामा चिनियाँ प्राविधिकहरुले काम गरिरहेका छन ।

स्थानियवासीहरुले आफुहरुले हाल सम्म मुआब्जा नपाएको भन्दै पटक पटक आन्दोलन गर्दे आइरहेका थिए । सरकारले चालु वर्षमा १० अर्व रुपैया विनियोजन गरिसकेको बताएको छ ।

Comments are closed.

'
Scroll To Top