जहाँ स्तनको साइज अनुसार कर तोकिएको छ

535
  •  
  •  
  •  

400-04163272 © OtnaYdur Model Release: No Property Release: No Measuring bust size of woman wearing red bra

एजेन्सीः राज्यले विभिन्न उत्पादन, उपभोगलगायतमा कर लगाएको हामीले सुनेका र देखेका छौं । तर, संसारमा कैयौं यस्ता चिजहरुमा पनि कर लगाएका छन्, जसले हामीलाई अचम्म बनाउँछ । त्यस्ता कैयौं करहरुमध्ये केही करको बारेमा थाहा पाउनुहोस् :

सेक्स कर
जर्मनमा वेश्यावृतीलाई वैधानिकता दिइएको छ । तर, त्यसलाई ‘सेक्स कर’ जस्ता कानुनले नियमन गरिएको छ । सन् २००४ मा ल्याइएको यो कानुनअनुसार वैश्याहरूले प्रतिमहिना १ सय ५० युरो कर बुझाउनु पर्दथ्यो । पार्ट टाइम वेश्यावृति गर्नेले प्रतिदिन ६ युरो बुझाउनु पर्दथ्यो । यही ‘सेक्स कर’ ले मात्रै जर्मनको आम्दानी वार्षिक १ मिलियन युरो हुने गर्दथ्यो ।

वयस्क कर
बेलायतमा जूलियस सिजरले सन् १६९५ देखि १७०२ सम्म ‘वयस्क कर’ लगाएका थिए । मुसोलिनीले पनि १९२४ मा यस्तो कर लगाएको बताइन्छ । यो कर अन्तर्गत २१ देखि ५० वर्षका अविवाहित पुरुषले वयस्क कर तिर्नु पर्दथ्यो । त्यतिमात्र होइन् उनीहरूलाई वजारमा निवस्त्र घुमाएर गिल्ला गरिन्थ्यो

मुत्र कर
रोमनका राजा वेस्पेशनले मुत्र कर लगाएका थिए । घरमा वाहेक अन्यत्र पिसाव गरेको कर तिर्नु पथ्र्यो । जब उनका छोराले बाबुलाई यस्तो फोहोरी काम किन गरेको भन्दै प्रश्न गरे, राजाले छोरोको नाकमा सिक्का टाँसि दिदैं भने, ‘पैसाबाट दुर्गन्ध आउँदैन ।’

स्तन कर
संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।


  •  
  •  
  •