यस कारण महिलाले साइज अनुसारको ब्रा लगाउनुपर्छ

1161
  •  
  •  
  •  

braकाठमाडौं,  (एजेन्सी) : महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्रा लगाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञले औंँल्याएका छन् ।

विश्वमा करिव ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाउने गरिएको अनुमान पनि गरिएको छ, भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् ।

तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउँदा उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ ।

यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ ।

फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गोले गलत साइजको ब्रा लगाउँदा स्तनको आकार बिगार्ने गरेको बताइन् । घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर समस्या समेत निम्तन सक्ने उनले चेतावनी दिइन् ।

गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँन सक्ने चिकित्सकको भनाई छ । आजभोलि निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ ।

विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाका लागि स्पोर्ट्स ब्रा आवश्यक छ ।


  •  
  •  
  •