दिनमा ४० वटा चुरोट पिउँछन् यी दुई वर्षे बालक! (भिडियाे सहित)

1279
  •  
  •  
  •  

काठमाडौं,७ भदाैँ (एजेन्सी) : इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लागेपछि अहिले उनलार्इ चुरोट नभई हुँदैन ।

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर इन्डोनेशियाका दुई वर्षे बालक रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् ।

उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् । उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।

मार्यातीले पत्रकारलाई भनिन्,‘छोराले विगत दुई महिनादेखि लगातार चुरोट पिइरहेको छ । यदि मैले उनलाई चुरोट दिइनँ भने ऊ सुत्न सक्दैन । ऊ रुने र चिच्याउने गर्छ।’

अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।


  •  
  •  
  •