कुकुरका लागि ८ वटा आइफोन सेभेन उपहार !

599
  •  
  •  
  •  

Wang-Sicong-and-his-Dogकाठमाडौं,  असोज (एजेन्सी) :  ७ सेप्टेम्बरमा लन्च भएको आईफोन सेभेन गत शुक्रवारबाट संसारभरका २५ देशमा विक्री हुन थालेको छ । केही मानिसहरू भन्ने गर्छन आईफोन सेभेन यति महंगो छ, कि सबै मानिसको पहुँच भन्दा बाहिरको कुरा हाे । यस्तै भनाईहरू सार्वजनिक भइरहँदा चीनका एक व्यक्तिले आफ्नो कुकुरका लागि ८ वटा आईफोन सेभेन खरिद गरेको खबर सार्वजनिक भएको छ ।

चिनिया मिडियाहरूका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति शख्स वाङ्ग जियानलिनका छोरा वाङ सिकाङ्गले आफ्नो कुकुरका लागि ८ वटा आईफोन सभेन खरिद गरेका हुन् । चीनमा आइफोन सेभेनको मूल्य १ हजार १९७ डलर अर्थात १ लाख १० हजार भन्दा बढी छ ।

आइफोन लन्च भएकै सिकाङ्ले आफ्नो कुकुरका लागि ८ वटा आइफोन सेभेन खरिद गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो कुकुरलाई ८ वटा आइफोन उपहार दिएपछि उनले कुकुरको तस्बिर खिचेका छन् । उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


  •  
  •  
  •