उम्मेदवारको घरमा सुतली बम

338
  •  
  •  
  •  

रसुवा, ४ मंसिर (ओएनएस) :
रसुवामा प्रतिनिधि सभाका उम्मेदवारको घरमा सुतली बम फेला परेको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका इन्जिनियर मोहन आचार्यको घर नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित आचार्यको घरमा बम राखिएको जानकारी आएपछि प्रहरी र सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गएको प्रहरी निरिक्षक धुब्र सिलवालले बताए । निर्वाचनलाई लक्षित गरी अज्ञात समुहले बम राखेको बताइएको छ ।

यसैबीच, चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको हो । आगजनी गरेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ ।


  •  
  •  
  •