राज्य मन्त्रीको घरमा बम विस्फोट

443
  •  
  •  
  •  

बागलुङ, ५ मंसिर (ओएनएस): सहकारी एवं गरिवी राज्य मन्त्री चम्पादेवी खड्काको घरमा सोमवार राती अज्ञात समूहले बम विस्फोट गराएको छ । वम विस्फोटबाट भुइतलाको वाल भत्कीएको छ भने कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

मन्त्रीकै घरमा बम विस्फोट हुनु सुरक्षामा चुनौती भएको सुरक्षा निकायले स्विकार गरेको छ । मन्त्रीको सुरक्षामा खटिएका सुरक्षा कर्मिकाे लापर्बाहीका कारणले घटना घटेको भन्दै कार्बाही अगाडी बढाउने प्रहरीले जनाएको छ । मन्त्रीको सुरक्षाका लागि नयाँ टोली समेत खटाइसकेको प्रहरी नायव उपरिक्षक बिश्वराजसिंह थापाले बताए ।

घटना विप्लप कार्यकर्ताद्धारा भएको आशंका प्रहरीले गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको थापाले वताए ।

खड्का बागलुङ प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवार रहेकी छन् ।


  •  
  •  
  •