बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

बलिउडका चर्चित अभिनेता ओम पुरीकाे निधन

Photo: REUTERS

Photo: REUTERS

काठमाडौं, २२  पुस (एजेन्सी) : बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ ।

बलिउडसँगै हलिउड फिल्ममा पनि अभियन गरेका पुरीको हृदयघातका कारण शुक्रबार विहान निधन भएको भारतको समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालबाट रंगयात्रा थालेका पुरीले ३ सय बढी हिन्दी फिल्ममा अभिनय गरेका थिए ।
पुरीले पाकिस्तानी, बेलायती तथा हलिउडमा समेत अभिनय गरे ।

पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।
१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए ।

उनले अभिनय गरेका भवानी भवानी, सदगती, अर्धसत्य, मिर्चमसला, धरावी आदि चलचित्र अझै दर्शकको मानसपटलमा घुमिरहेको छ ।
उनले अम्रिस पुरी, स्मिता पटेललगायत बलिउडका कयौं हस्तिसँग काम गरेका थिए । पुरीका अर्का चर्चित अभिनेता नसीरुद्दिन शाहका सहपाठी थिए ।

Comments are closed.

'
Scroll To Top