चर्चित बलिउड नायिका श्रीदेवीको निधन

259
  •  
  •  
  •  

AFP

काठमाडौं, १३ फागुन (एजेन्सी):  चर्चित बलिउड नायिका श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ।

वैवाहिक समारोहका लागि दुबइ पुगेका बेला शनिबार राति हृदयाघातबाट उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन। श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् ।

श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिइन्। उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन्।

श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, इंग्लिस विंग्लिस लगायत ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवी सन् १९७५ को ‘जुली’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन्। उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा अभिनय गरेकी थिइन्।

उनलाई भारतको पहिलो ुमहिला सुपरस्टारु का रुपमा लिइन्छ। बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन्।


  •  
  •  
  •