शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

सन् २०१६ मा आमाबुवा बनेका यी बलिउड कलाकार

काठमाडौं,  पुस (एजेन्सी) : हामी सन् २०१६ काे अन्त्यतिर छाैं । १०१६ लार्इ विदार्इ गरेर २०१७ काे स्वागत गर्ने दिनकाे पर्खाइमा रहेका बेला  याे वर्ष बलिउड कलाकारका लागि कस्ताे रह्याे त ?

सन् १०१६ मा  केही चर्चित कलाकारको लागि सुखद रह्यो। याे वर्ष केही कलाकार आमाबुवा बनेका छन्।

काे काे कलाकार बने त अामाबुवा ?

करिना कपुर
Karina_Kapoor-1अभिनेता सैफअलि खानसँग प्रेम विवाह गरेकी बलिउड अभिनेत्री करिना कपुर २०१६ को अन्तमा आमा बनेकी हुन्।  उनले डिसेम्बर २० मा छोरालाई जन्म दिएकी थिइन्।  खान दम्पत्तिले छोराको नाम तैमुर राखेका छन्।

शाहीद कपुर

 shahid_kapoorशाहीद कपुर र मीरा राजपुतकाे जाडि अघिल्लाे वर्ष मात्र विवाह बन्धनमा बाँधिएकाे थियाे  । याे जाेडिले सन् १०१६ मा छाेरीकाे जन्म दिएकाे छ ।  गत अगस्ट २६ मा अभिनेता शाहरुख बुवा बनेका हुन्। उनले आफ्नो छोरीको नाम मीशा राखेका छन्।

रितेश देशमुख –जेनेलिया डिसुजा
Ritesh-Deshmukhaबलिउडमा चर्चित जोडी रितेश देशमुख र जेनेलिया डिसुजाले यस बर्ष दास्रो सन्तानलाई जन्म दिएका छन् । यी दुईको रियान नाम गरेको एक छोरा छ, भने यो बर्ष पनि छोरालाई नै जन्म दिएका छन् ।

तुसार कपुर
Tushar_kapoorअभिनेता तुसार कपुर विवाह बिना नै यस बर्ष पिता बनेका छन् ? तुसारको अहिले सम्म बिवाह भएको छैन। उनले भाडामा कोख लिएर छोरा प्राप्त गरेका हुन् ।

मनिष पल
Manish_Palनायक, कमेडियनको साथमा होस्ट समेत रहको मनिष पल यस बर्ष दोस्रो चोटी पिता बनेका हुन्। मनिषकी श्रीमती संयुक्ताले यस बर्ष छोरालाई जन्म दिएकी हुन् । उनीहरुको ४ बर्षको एक छोरी रहेको छ।

श्वेता तिवारी
Shweta Tiwariअभिनेत्री श्वेता तिवारीले यस बर्ष छोरालाई जन्म दिएकी छिन्। ३ बर्षको प्रेमसम्बन्ध पनि २०१३ मा अभिनव कोहलीसँग उनको विवाह भएको थियो। उनको यो दोस्रो सन्तान हो। यस अघि श्वेताले आफ्नो पहिलो पति राजा चौधरीसँग विवाह गर्दा छोरीलाई जन्म दिएकी थिइन।

 

Comments are closed.

'
Scroll To Top